खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष पदमा नेपाली कांग्रेसको अग्रता रहेको छ । २६५७ मत गणना हुँदा कांग्रेसका अध्यक्षका उम्मेदवार नइन्द्र राईले १००४, उपाध्यक्षका उम्मेदवार रमा कटुवालले १०३४, माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार गोपालचन्द्र राईले ७१६ र उपाध्यक्षका उम्मेदवार नैनकुमारी खत्रीले ६४४, एमालेका अध्यक्षका उम्मेदवार लोकेन्द्र राईले ६९५ र उपाध्यक्षका उम्मेदवार अरुणा थापामगरले ६५६ मत ल्याएका छन् ।