खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नगर प्रमुखमा एमालेको अग्रता रहेको छ । नेकपा एमालेका उम्मेदवार खडेन्द्र राईले ९०२ पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार बिमला राईले ७०२ मत प्राप्त गरेकी छन् ।
उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ७४९ र नेपाली कांग्रेसका उम्मेदवार रमेश राउतले ६८८ मत ल्याएका छन् । अहिले वडा नम्बर १ डिकुवा र वडा नम्बर ११ राजापानीको मतगणना भईरहेको छ ।