खोटाङको केपिलासगढी गाउँपालिकामा अध्यक्षमा कांग्रेसको अग्रता रहेको छ । नेपाली कांग्रेसका समिर राईले ११४४ पाएका छन् भने एमालेका उम्मेदवार कृष्णकुमार राईले १०३० मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीका माइतीराज राईले ७६४ मत ल्याएका छन् ।
उपाध्यक्षमा संघीय समाजवादीका उम्मेदवार गुरुराज राईले ११०४, एमालेकी उम्मेदवार मैया सुनुवारले ८५९ मत र नेपाली कांग्रेसकी राधा पुरीले ८१२ मत ल्याएकी छन् ।