खोटाङको ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षमा एमालेको अग्रता रहेको छ । नेकपा एमालेका उम्मेदवार गिरेन्द्र्र बहादुर राईले १३११ पाएका छन् भने गठबन्धनका उम्मेदवार श्रीबहादुर राईले १०८४ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार सन्तवीर तामाङले ६५६ मत ल्याएका छन् ।
उपाध्यक्षमा गठबन्धनका उम्मेदवार राजेश राजभण्डारीले १५७० र एमालेकी उम्मेदवार पुष्पकला भुजेलले १३४४ मत ल्याएकी छन् । ऐसेलुखर्कमा वडा नं १,२,७ को मतगणना भईसकेको छ भने अहिले ज्यामिरे–६ को गणना जारी रहेका छ ।