• ट्रेण्डिङ:

एकैदिनमा थपिए थपिए १ हजार २२८ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

एकैदिनमा थपिए थपिए १ हजार २२८ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या ४२ हजार ८७७ पुग्यो

रोदिक खबर

१८, भाद्र २०७७
  • 2.7K
    SHARES
  • एकैदिनमा थपिए थपिए १ हजार २२८ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको  संख्या ४२ हजार ८७७ पुग्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरस (कोभिड-१९) को सक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

    यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगेको छ ।   आजसम्म ७ लाख ३१ हजार ८५२ पीसीआर परीक्षण भएको छ । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ४ सय ४५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका छन् ।

    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १६:४४:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको