केपिलासगढी गाउँपालिका–३ बासपानीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा तुलाराम राई वडाध्यक्ष निर्वाचित भएका हुन् ।
दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिला सहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीको निर्वाचित भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् । बासपानीमा वडाध्यक्ष पुरुष र चार सदस्य महिला भएका छन् ।