शुक्रवार, भाद्र २६ गते २०८३

हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाँडाँमा कांग्रेसको प्यानलै विजयी

हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनीडाँडाँमा कांग्रेसको प्यानलै विजयी

रोदिक खबर

१, जेठ २०७९
  • 2.9K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिका– १  बाहुनीडाँडाँमा कांग्रेसको प्यानलै विजयी

     खोटाङ, जेठ १ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका– १ बाहुनिडाँडामा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

    वडाध्यक्षमा रुद्रकुमार राई ४८८ मत ल्याएर प्यानल सहित विजयी हुनुभएको हो । अघिल्लो निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएका राई पुनः वडाध्यक्षमा विजयी भएका हुन्  ।

    वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वारले ४०६ र एमालेका उम्मेद्वारले ३३५ मत पाएका छन्  । एमाले र माओवादी बिच गुपचुप गठबन्धन भएको यस नगरपालिकामा बाहुनिडाँडा माओवादीको भागमा परेको थियो । नगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेद्वारको अग्रता छ ।

    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ११:२९:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको