खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रबाट धुव्रविक्रम राई निर्वाचित भएका छन् ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत आईतबार मध्यान्ह सम्पन्न वडाको अन्तिम मतगणना अनुसार राईले ६७८ मत ल्याएर विजयी भएका हुन्। राईले एमाले, कांग्रेस, जसपा र राप्रपाबाट वडाध्यक्षका प्रत्यासीहरुलाई पछि पार्दै जित निकालेका हुन् ।
एमालेका वडाध्यक्षका उम्मेदवार हर्क खत्रीले ५५६, कांग्रेसका उम्मेदवार पदम पुरीले १५६, जसपाका उम्मेदवार धनीराम नछुङले ७८ र राप्रपाका उम्मेदवारले १ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
दुई खुल्ला वडा सदस्य तथा महिला वडा सदस्य र दलित महिला वडा सस्दयमा एमालेका उम्मेदवारहरु विजयी भएका छन्।