शुक्रवार, भाद्र २६ गते २०८३

दिप्रुङ चुइचुम्मा–३ छोरम्बुको वडाध्यक्षमा एमालेको प्यानलै विजयी 

दिप्रुङ चुइचुम्मा–३ छोरम्बुको वडाध्यक्षमा एमालेको प्यानलै विजयी 

रोदिक खबर

१, जेठ २०७९
  • 4.0K
    SHARES
  • दिप्रुङ चुइचुम्मा–३ छोरम्बुको वडाध्यक्षमा एमालेको प्यानलै विजयी 

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरक्बुमा नेकपा एमालेका उम्मेदवार भुपेन्द्र बस्नेत वडाध्यक्षमा विजयी भएका छन् । बस्नेतले ३९५ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
    उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका अजम्बर राईलाई ११७ मतले पछि पार्दै एमालेका बस्नेतको प्यानलै निर्वाचित भएको हो । एमालेले चारै जना सदस्यहरु पनि जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    यस्तै, खुल्ला महिला सदस्यमा कृष्ण कुमारी राईले ३१७, दलित महिला सदस्य कुमारी माया सुयल ३१८, खुल्ला सदस्य बदिराम राई ३३३, खुल्ला सदस्य भुपाल राईले ३७१ मत प्राप्त गरेर बिजय भएका हुन् । ३३ बर्ष एक महिना ७ दिन शिक्षक पेशालाई निन्रतरता दिई टिकट पाएको ७ दिनमा राजिनामा दिएर उम्मेदवार बनेका बस्नेत उनको प्यानल नै बिजयी भएको हो  ।

    यस्तै, गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष पदमा नेपाली कांग्रेसको अग्रता रहेको छ । ३ वडाको ३२३६ मत गणना हुँदा नेपाली कांग्रेस अध्यक्षका उम्मेदवार नईन्द्र राईले ११५३,उपाध्यक्ष रमा कटुवालले १२०५, नेकपा एमाले अध्यक्षका उम्मेदवार लोकेन्द्र  राईले ९१४, उपाध्यक्ष अरुणा थापामगरको ८९९ र  माओवादी केन्द्रका उम्मेदवार अध्यक्ष  गोपालचन्द्र राईले ८७८ उपाध्यक्ष नैनकुमारी खत्री ८०८  मत प्राप्त गरेको निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।

    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - १५:२०:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको