खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एमालेबाट महेन्द्र बहादुर राई विजयी भएका छन्। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत आईतबार मध्यान्ह सम्पन्न वडाको अन्तिम मतगणना अनुसार राई ४५२ मत ल्याएर विजयी भएका हुन्।
राईका निकटम प्रतिद्धन्दी कांग्रेसका राजेन्द्र राईले ३५३ र जमानसेर राई(युगसन) ले ३५० मत पाएका छन्।
यस्तै, दिक्तेल १ मा कांग्रेसको प्यानल विजयी भएको छ भने, दिक्तेल २ सोल्मामा माओवादी केन्द्रले वडाध्यक्षमा जित निकालेको छ।