• ट्रेण्डिङ:

कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५७ पुग्यो

कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५७ पुग्यो

रोदिक खबर

१८, भाद्र २०७७
  • 6.9K
    SHARES
  • कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २५७ पुग्यो

    काठमाडौं । कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।  मृत्यु भएकामध्ये २ जना पुरुष र ४ जना महिला रहेका छन् ।

    मृत्यु हुने महिलाहरुमा चितवनकी ४० वर्षीया, भक्तपुरकी ४० वर्षीया, तनहुँकी ९२ वर्षीया र रुपन्देहीकी ७७ वर्षीया रहेका छन् भने पुरुषहरुमा सिन्धुपाल्चोकका ७७ वर्षीय र रुपन्देहीका ६५ वर्षीय रहेको स्वास्थ्य मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  

    यो संगै नेपालमा मृत्यु हुनेको संख्या  २५७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १७:०७:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको