शुक्रवार, कार्तिक १४ गते २०८३

  • ट्रेण्डिङ:

दिरुम नपा.–४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई विजयी

दिरुम नपा.–४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई विजयी

रोदिक खबर

२, जेठ २०७९
  • 3.2K
    SHARES
  • दिरुम नपा.–४ खाल्लेमा माओवादी केन्द्रका खगेन्द्र राई विजयी

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको वडाध्यक्षमा माओवादी केन्द्रका खगेन्द्र राई निर्वाचित भएका छन्। स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत सोमबार मध्यान्ह सम्पन्न वडाको अन्तिम मतगणना अनुसार राई ४७९ मत ल्याएर विजयी भएका हुन्।

    खुल्ला वडा सदस्यमा एमालेका सिताराम घिमिरे विजयी हुंदा अन्य माओवादी केन्द्रका सीता बिक, सुवती राई (सानु), भुपराज श्रेष्ठ वजयी भएका छन्। यस्तै वडाध्यक्षका प्रत्यासी डिल्लीकुमार राईले ३८५, कांग्रेसका रामचन्द्र केसीले २१६ र राप्रपाका नन्द बहादुर बस्नेतले १९५ मत पाएका थिए।

    प्रकाशित मिति :जेठ २, २०७९ सोमवार - १३:०८:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको