७५३ स्थानीय तहमध्ये ३३९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार ३३९ स्थानीय तहमध्ये १५३ वटामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।
कांग्रेसले ११७ गाउँपालिका र ३६ वटा नगरपालिका प्रमुख जितेको छ। कांग्रेसलाई पच्छ्याएको नेकपा एमालेले ९५ वटा स्थानीय तहमा जीत हासिल गरेको छ।
एमालेले ७७ वटा गाउँपालिका अध्यक्ष र १८ वटा नगरपालिका प्रमुख जितेको हो। यस्तै माओवादी केन्द्रले ७४ स्थानीय तहमा विजयी हासिल गरेको छ।
माओवादी केन्द्रले ६६ वटा गाउँपालिका अध्यक्ष र ८ वटा नगरपालिका प्रमुख जितेको छ। जारी मत गणनामा जनता समाजवादी पार्टीले ४ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ भने नेकपा एकीकृत समाजवादीले एउटा नगरपालिका प्रमुख जितेको छ। हालसम्मको मत परिणामअनुसार अन्यतर्फ ९ वटा गाउँपालिका र ३ वटा नगरपालिका प्रमुखमा विजय भएका छन् ।