शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा आठ गाउँपालिकाको मतगणना सम्पन्न (कसले कहाँ जित्यो ? हेर्नुहोस)

खोटाङमा आठ गाउँपालिकाको मतगणना सम्पन्न (कसले कहाँ जित्यो ? हेर्नुहोस)

रोदिक खबर

३, जेठ २०७९
  • 6.1K
    SHARES
  • खोटाङमा आठ गाउँपालिकाको मतगणना सम्पन्न (कसले कहाँ जित्यो ? हेर्नुहोस)

    खोटाङ । खोटाङको दुई नगरपालिका बाहेक ८ गाउँपालिकाको मतगणना सकिएको छ । सम्पन्न मतगणना अनुसार जन्तेढुंगा गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी अरुणादेबी राई र उपाध्यक्षमा गठबन्धनका कांग्रेसका खेमबहादुर खड्का विजयी भएका छन् ।  जन्तेढुंगाको जम्मा ६ वडा मध्येमा गठबन्धनले ५ वडा जितेको छ भने एमालेले १ वडा जितेको छ ।

    ऐसेलुखर्क गाउँपालिका अध्यक्षमा एमालेका गिरेन्द्रबहादुर राई निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश राजभण्डारी निर्वाचित भएका छन् । ७ वडा रहेको ऐसेलुखर्कमा ४ वडा गठबन्धनले जित्दा ३ वडा एमालेले जितेको छ ।

    केपिलासगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट समिर राई विजयी भएका छन् । उपाध्यक्षमा नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाका साझा उम्मेदवार (जसपाका) गुरुराज राई विजयी भएका छन् । केपिलासगढीमा सातै वडामा गठबन्धनले जितेको छ । एमाले शुन्य भएको छ ।

    बराहपोखरी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट शालिकराम बञ्जारा निर्वाचित भएका छन् । गाउँपालिका उपाध्यक्षमा एकीकृत समाजवादी पार्टीका उम्मेदवार भुवलराज राई विजयी भएका छन् । त्यहाँ ४ वडामा गठबन्धनले जित निकालेको छ भने २ वडामा एमालेले जितेको छ ।

    साकेला गाउँपालिकामा नेपाली कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् । उपाध्यक्षमा माओवादी केन्द्रका विर्सिका राई विजयी भएकी छन् । साकेलामा ४ वडामा गठबन्धनले जित्दा १ वडामा एमालेले जित निकालेको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा एमालेका अरुणा थापामगर निर्वाचित भएका छन् । दिप्रुङमा ३ वडा कांग्रेसले जित्दा एमालेले ४ वडा जितेको छ । यहाँ सबै दल छुट्टाछुटै चुनाव लडेका थिए । 

    रावाबेसी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका फटिककुमार श्रेष्ठ र उपाध्यक्षमा नेकपा एमालेकी कौशिला गुरुङ विजयी भएका छन् । यस पालिकामा ५ वडामा कांग्रेस र १ वडामा एमालेले जितेको छ ।

    खोटेहाङ गाउँपालिका अध्यक्षमा माओवादीका उदिमबहादुर राई र उपाध्यक्षमा कांग्रेसका रुपेश राई विजयी भएका छन् । त्यहाँ ६ वडा गठबन्धनले जित्दा एमालेले २ वडा जितेको छ भने स्वतन्त्रले १ वडा जितेको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकामा भने मतगणना भईरहेको छ । भोलीसम्म अन्तिम मत परिणाम आउने अनुमान गरिएको छ ।

    प्रकाशित मिति :जेठ ३, २०७९ मंगलवार - २२:४३:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको