शुक्रवार, भाद्र २६ गते २०८३

धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १० हजार मत अन्तरले अगाडि

धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १० हजार मत अन्तरले अगाडि

रोदिक खबर

७, जेठ २०७९
  • 2.4K
    SHARES
  • धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल १० हजार मत अन्तरले अगाडि

    ७ जेठ, धनगढी । धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले फराकिलो मत अन्तरले अग्रता कायमै राखेका छन् । हमालले २२ हजार ५४१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपालका कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत प्राप्त गरेका छन् ।

    निवर्तमान नगरप्रमुख समेत रहेका वड र स्वतन्त्र उम्मेदवार हमालबीच १० हजार ९९७ मतको अन्तर छ । अब करिब १२ हजार मत मात्र गणना गर्न बाँकी छ । उपप्रमुखमा भने मतगणनाको सुरुदेखि अग्रता लिइरहेकी गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी शान्ति अधिकारी पछि परेकी छन् ।

    उपप्रमुखमा अधिकारीलाई पछि पार्दै नेकपा एमालेकी कन्दकला रानाले अग्रता लिएकी छन् । रानाले १७८ मतका साथ अग्रता लिएकी छन् । कुल ५१ हजार ६५ मत गणना गर्ने बेला रानाले १० हजार ८८० मत प्राप्त गरेकी छन् भने अधिकारीले १० हजार ७०२ मतका साथ रानालाई पछ्याइरहेकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत पाएका छन् ।

    प्रकाशित मिति :जेठ ७, २०७९ शनिवार - ०८:१७:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको