• ट्रेण्डिङ:

दिप्रुङ चुइचुम्मा गाउँपालिकाका

सबै विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने नवनिर्वाचित जनप्रतिनिधिको निर्णय

सबै विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने नवनिर्वाचित जनप्रतिनिधिको निर्णय

रोदिक खबर

८, जेठ २०७९
  • 3.1K
    SHARES
  • सबै विद्यालयका कक्षाकोठा धुलोरहित बनाउने नवनिर्वाचित जनप्रतिनिधिको निर्णय

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लोकेन्द्र राईले पहिलो निर्णय नै शिक्षा क्षेत्रमा गरेका छन्।

    गाउँपालिकाको कार्यालयले आयोजना गरेको पदवहाली तथा स्वागत कार्यक्रममा राईले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका कक्षा कोठा धुलोरहित बनाउने निर्णय गरेका हुन्।

    शिक्षा नै सबैको जीवनको आधार भएको भन्दै राईले आफ्नो कार्यकालभित्र सुधारिएको र सवल शिक्षा क्षेत्र बनाउने बताएका छन्। विद्यालयको कक्षा कोठामा धुलो र फोहोर हुँदा विद्यार्थीको स्वास्थ्यमा हानी त छ नै विद्यार्थीलाई पढ्ने वातावरण समेत प्रतिकुल हुन्न, त्यसकारण पालिकाका सबै विद्यालयका कक्षाकोठामा अब धुलो हुन हुन्न। तत्काल सिमेन्टेट गर्छौ, राईले भने।

    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट राई अत्याधिक मतका साथ पालिका अध्यक्षमा निर्वाचित भएका थिए।

    नवनिर्वाचित अध्यक्ष उपाध्यक्षले आज पदवाहली गरेका हुन्।

    प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - १९:५१:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको