खोटाङ, ८ जेठ । साकेला उभौलीको अवसरमा खोटाङको दिक्तेलबजारमा साकेला नाच्दै राई समुदाय । किरात समुदायमा अन्नबाली छर्ने बेला अर्थात बैशाख पूर्णिमामा उभौली र अन्नबाली उठाउने याम मंसिर पूर्णिमा उधौली मनाउने गरिन्छ । २ जेठमा उभौली पर्व परे पनि स्थानीय तहको निर्वाचनका कारण साकेला ओझेलमा परेको थियो ।

