२०७४ सालमा उपप्रमुखमा बिजयी भएकी बिमला राई यसपल्ट नगरप्रमुखमा विजयी भएकी हुन् । नगरप्रमुख राईले सोमबार उपप्रमुख रमेश राउत, वडाध्यक्ष लगायतलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् । नगरप्रमुख राईले पदभार ग्रहण लगत्तै नगरपालिकाको विकास र संमृद्धिका लागि विभिन्न पाँच बुँदे योजना अघि सारेकी छन् । नगर योजना आयोग गठनदेखि कृषि, पर्यटनका माध्यमबाट नगरबासीलाई स्वरोजगार बनाउनेसम्मका योजना अघि सारेकी हुन् ।
१. नगर योजना आयोग गठन, विज्ञ समुहद्धारा नगर स्तरिय सम्पदा तथा संस्कृति संरक्षण परिषद गठन सम्वन्धी अवधारणा विकास गर्ने ।
२. नागरिकमाथि शासनका लागि प्रशासन होईन, आधुनिक प्रविधि व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह सहित संस्थागत संरचनाको विकास गर्ने ।
३. प्राविधिक शिक्षालाई जोड दिँदै केही आधारभुत विद्यालय तहमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरुवात गर्ने ।
४. नगरपालिकाभित्रका एकल महिला, एकल पुरुष, विधवा, बिधुर, अपांगता भएका व्यक्ति र अभिभावक गुमाएका बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा गरी नगर अस्पतालमार्फत सेवा प्रदान र ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा प्रदान गर्ने ।
५. नागरिकलाई कृषि, पर्यटनमा संलग्न गराई कपास खेती, पशुपालन क्षेत्रमा स्वरोजगार बनाइने ।