• ट्रेण्डिङ:

नवनिर्वाचित नगरप्रमुख भट्टराईले  यसरी गरे पदबहाली

नवनिर्वाचित नगरप्रमुख भट्टराईले  यसरी गरे पदबहाली

रोदिक खबर

९, जेठ २०७९
  • 2.7K
    SHARES
  • नवनिर्वाचित नगरप्रमुख भट्टराईले  यसरी गरे पदबहाली

    खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट निर्वाचित तीर्थराज भट्टराईले मूख्य निर्वाचन अधिकृत मातृकाप्रसाद आचार्यबाट नगरप्रमुखको पद तथा गोपनियताको सफथग्रहण गरेका छन् । सफथ ग्रहणपछि अरू जनप्रतिनिधि भन्दा फरक ढंगबाट शुरूवात गरेका छन् ।

    सफथग्रहण लगत्तै कांग्रेसको पार्टी कार्यालय पुगेर जननायक वीपी कोइरालाको शालिक र नेकपा एमालेको पार्टी कार्यालय पुगेर कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शालिकमा पुष्पगुच्छा चढाएर दुबै नेतालाई सम्मान गरेका थिए ।

    त्यस लगत्तै पार्टीका शुभेच्छुक शुभचिन्तकसहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं  ५  लफ्याङ घर भएका नेपाली काङ्ग्रेसका पुराना नेता २००७ सालका योद्धा ९३ वर्षिय ईश्वरधन चाम्लिङको घर पुगेर दोसल्ला ओढाएर चाम्लिङसँग आशिर्वाद लिएपछि वेलुकी ४, बजे नगरपालिका भवन पुगेर पद बहाली गरेका थिए। पदबहाली गर्दा निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बस्दै आएको महंगो घुम्ने कुर्सी हटाएर सामान्य साधारण कुर्सीमा बस्ने निर्णय अहिले सामाजिक संजालदेखि राष्ट्रिय मिडियामा समेत चर्चाको विषय बनेको छ । यी विषयमा उनले मतदाताले तिरेको करबाट तडकभडक गर्ने, महंगो गाडी चढ्ने, महंगो महंगो टेबुल कुर्सी उपयोग गर्ने विषय अशोभनीय रहेको हुँदा सामान्य जीवन शैली अपनाउँदै स्थानीय कच्चापदार्थको उपयोग गरेर आत्मनिर्भर नगरपालिका बनाउने अभियान अन्तर्गत प्रारम्भ गरिएको सन्देश दिन खोजिएको बताए ।

    प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - २२:१३:११ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको