शुक्रवार, भाद्र २६ गते २०८३

वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट नगरप्रमुखमा राजेशमान र उपप्रमुखमा आलम विजयी

वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट नगरप्रमुखमा राजेशमान र उपप्रमुखमा आलम विजयी

रोदिक खबर

१०, जेठ २०७९
  • 2.6K
    SHARES
  • वीरगन्ज महानगरपालिकामा गठबन्धनबाट नगरप्रमुखमा राजेशमान र उपप्रमुखमा आलम विजयी

    वीरगन्ज : मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको नगरप्रमुखमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । महानगरका ३२ वटै वडाको मंगलबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार नगरप्रमुखमा गठबन्धनबाट जसपाका उम्मेदवार राजेशमान विजयी भएका हुन् ।

    नेकपा एमालेका नगरप्रमुखमा उम्मेदवार एवं निवर्तमान नगरप्रमुख विजय सरावगीलाई २२ हजार ५ सय ४४ मतको फराकिलो अन्तरले पराजित गर्दै राजेशमान नगरप्रमुखमा निर्वाचित भएका हुन् । बैशाख ३० को मतदानमा महानगरमा कूल ९३ हजार ७ सय ८२ मत खसेको थियो । नगरप्रमुखमा विजयी राजेशमानले ४६ हजार २ सय १५ मत पाउँदा एमालेका सरावगीले भने २३ हजार १ सय ७१ मत पाएका छन् ।

    यस्तै नगरप्रमुखमा राप्रपाका उम्मेदवार गिरिश गिरीले भने ३ हजार ३ सय १३ मत पाएका छन् । यसअघि २०७४ को निर्वाचनमा भने वीरगन्ज महानगरको नगरप्रमुखमा तत्कलीन संघीय समाजवादी फोरम र हालको जसपाबाट उम्मेदवार बनेका विजय सरावगी निर्वाचित हुँदा‍ तत्कालीन राजपाबाट उम्मेदवार बनेका राजेशमान १२ हजार १ सय ६५ मत का साथ तेस्रो स्थानमा सिमित भएका थिए ।

    महानगरको उपप्रमुखमा पनि गठबन्धनकै साझा उम्मेदवार इम्तियाज आलम विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झालाई तेब्बरभन्दा बढी मत अन्तरले पराजित गर्दै गठबन्धनबाट कांग्रेसका उम्मेदवार आलम उपप्रमुखमा निर्वाचित भएका हुन् ।

    प्रकाशित मिति :जेठ १०, २०७९ मंगलवार - १०:०३:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको