शुक्रवार, भाद्र २६ गते २०८३

तारा एयरकाे विमान दुर्घटनाः अधिकांश शव चिन्न नसकिने अवस्थामा

तारा एयरकाे विमान दुर्घटनाः अधिकांश शव चिन्न नसकिने अवस्थामा

रोदिक खबर

१६, जेठ २०७९
  • 3.4K
    SHARES
  • तारा एयरकाे विमान दुर्घटनाः अधिकांश शव चिन्न नसकिने अवस्थामा

    नेपाली सेना र नेपाल ले तारा एयरको एन एईटी टवीनअटर विमान दुर्घटना स्थल पुगेर उद्धार कार्य सुरु गरेको छ। दुर्घटना स्थल पुगेका भेडी गोठाला तथा स्थानीय ईन्दसिंह शेरचनले नेपाली सेना र नेपाल प्रहरीको टोलीले दुर्घटना स्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाहरूको शव संकलन र उद्धार कार्य सुरु गरेका हुन्।

    शेरचनका अनुसार जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ ल्याङखु खोलाको मुहान नजिकै सानोसरे भन्ने ठाउँको पहाडमा ठोक्किएर दुर्घटनामा परेको अवस्थामा फेला परेको हो। त्यहाँ भेटेका शव स्थानियले विहानैदेखि संकलन गरेर राखेका थिए। केही शव भने खोचमा रहेका कारण उद्धारमा कठिनाइ भएको छ। संकलित शवहरू सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ । पोष्टमार्टमपश्चात आफन्तलाई बुझाईने प्रहरीको भनाई छ।

    दुर्घटनामा परेको विमान शुरुमा भेंडी गोठालेले भेटेका थिए। उनीहरुले फोटो खिच्नुका साथै प्रहरी र स्थानियलाई खबर गरेपछि उद्धारका लागि म्याग्दी दानाका ईन्दसिंह शेरचन पुगेका थिए। अवरुद्ध बाटो खोल्न होस वा अन्य कुनैपनि काम गर्नुपरेमा अगाडि सर्ने गरेका शेरचन हवाई जहाज दुर्घटना भएको थाहा पाएपछि हिजै दानाबाट हिंडेर दुर्घटना स्थल नजिकको क्षेत्र कोवाङ पुगेर बास बसेका थिए।

    राती अबेर भएपछि त्यतै बास बसेका उनी विहानै स्थानिय भेडी गोठालाले जहाज दुर्घटना अवस्थामा भेटिएको खबर गरेलगत्तै त्यसतर्फ गएका थिए। उनका अनुसार जहाजमा आगो लागेको छैन। तर जहाज भिरमा ठोक्किएर क्षतविक्षत अवस्थामा छ।

    जहाजमा यात्रुहरु मृत अवस्थामा भेटिएका छन। शेरचनका अनुसार शवहरु सकुशल छन तर कोहि पनि जिवित भेटिने सम्भावना छैन। ‘आगो नलागेकाले होला शवहरु सकुशल छन्, सबैको अनुहार चिनिने अवस्थामा छन’–उनले भने।

    प्रकाशित मिति :जेठ १६, २०७९ सोमवार - ०९:५२:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको