शुक्रवार, भाद्र २६ गते २०८३

दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

रोदिक खबर

१६, जेठ २०७९
  • 2.4K
    SHARES
  • दुर्घटनाग्रस्त जहाजमा धनुषाका एकै परिवारका ७ जना रहेको पुष्टि

    जेठ १५, धनुषा । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको पुष्टि भएको छ ।

    तारा एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेकामध्ये धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ ।

    जहाजमा राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ ।

    गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए । दुर्घटनाग्रस्त जहाजमा १३ नेपाली, चार भारतीय, दुई जर्मन नागरिक र चालक दलका तीन सदस्यसहित २२ सवार थिए ।

    प्रकाशित मिति :जेठ १६, २०७९ सोमवार - ०९:५८:२९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको