शुक्रवार, भाद्र २६ गते २०८३

त्रियुगा नगरपालिकाको नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

त्रियुगा नगरपालिकाको नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

रोदिक खबर

१६, जेठ २०७९
  • 2.7K
    SHARES
  • त्रियुगा नगरपालिकाको नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

    उदयपुरको त्रियुगा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेत निर्वाचित भएका छन्। उनले १३ हजार ९ सय ५९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भागवत राउतले ११ हजार ८ सय ७३ मत ल्याए। नेकपा एकीकृत समाजवादीका बलदेव चौधरीले ९ हजार १ सय ४७ मत प्राप्त गरे।

    उपप्रमुखमा भने नेकपा एमालेकी महेश्वरी राईले १३ हजार ७ सय ३ मत ल्याएर विजयी भइन्। उनका निकटतम प्रतिस्पर्धी सरिता राईले ११ हजार ९ सय ८१ मत प्राप्त गरिन् भने नेकपा माओवादी केन्द्रकी गीता खड्का (कार्की) ले ६ हजार ५ सय ६८ मत ल्याइन्।

    योसँगै ७ सय ५३ मध्ये ७ सय ५२ स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन्। बाजुराको बुढीगंगा नगरपालिकामा भने पुनः मतदान गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ।

    प्रकाशित मिति :जेठ १६, २०७९ सोमवार - १९:१७:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको