• ट्रेण्डिङ:

कुहुडाँडा माबिको १० कोठे पक्की भवन उद्घाटन

कुहुडाँडा माबिको १० कोठे पक्की भवन उद्घाटन

रोदिक खबर

१९, जेठ २०७९
  • 5.3K
    SHARES
  • कुहुडाँडा माबिको १० कोठे पक्की भवन उद्घाटन

    खोटाङ, १८ जेठ । खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीस्थित कुहुडाँडा माबि शुक्रबारेको १० कोठे पक्की भवन उद्घाटन गरिएको छ । जि–फाउण्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा सिर्जनशिल भरिया समाज राखाबांदेल ऐसेलुखर्कमार्फत निर्माण गरिएको भवन बुधबार केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गरेका छन् ।

    विव्यास र स्थानीय समुदायसँगको समन्वय र सहभागीतामा १ करोड ३१ लाख ९४ हजार ८४४ रुपैयाँको लागतमा कुहुडाँडा माविको १० कोठा भएको ५ वटा ब्लक (भवन) निर्माण गरिएको हो ।

    बिकट भूगोल तथा कमजोर र जिर्ण भवन भएका कारण वर्षा याममा पठन–पाठन गर्न असहज भइरहेको विद्यालयलाई जि–फाउण्डेसनले दुई–दुई कोठा भएको पाँच वटा भवन निर्माण गरिदिएको हो ।

    सिर्जनशिल भरिया समाजले सामाजिक लेखा परीक्षण गरेर नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको छ । पक्की भवन बनेपछि शैक्षिक क्रियाकलाप सञ्चालन गर्न र विद्यार्थीको अध्ययन गर्ने मनोवल बढाउन सहयोग पुगेको विद्यालयले जनाएको छ ।

    चालु आर्थिक वर्ष जि–फाउण्डेसनको ७२ लाख ७२ हजार ९५४ तथा समुदाय र स्थानीय सरकारको ८ लाख ९६ हजार ६७३ गरी ८१ लाख ६९ हजार ६२८ मा ३ वटा ब्लक निर्माण गरिएको हो ।

    यस्तै गत वर्ष जि–फाउण्डेसनको ४५ लाख ८७ हजार २८१ तथा समुदायको ४ लाख ३६ हजार ९३४ रुपैयाँ गरी ५० लाख २५ हजार २१५ रुपैयाँको लागतमा २ वटा ब्लक निर्माण गरिएको थियो । गाउँपालिका अध्यक्ष राईले विद्यालयलाई आकर्षक र सुविधा सम्पन्न भवन बनाउन सहयोग गरेकोमा जि–फाउण्डेसन र सिर्जनशिल भरिया समाजलाई धन्यवाद व्यक्त गरेका छन् ।

    प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - १५:२०:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको