शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको साकेला गाउँपालिकाले बृहत छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको छ । गाउँपालिकाभित्रका विद्यालयका प्रअ, शिक्षक तथा कर्मचारी बिचको परिचयात्मक कार्यक्रमको अवशरमा शैक्षिक गुणस्तर सुधारका विषयमा नवनिर्वाचित जनप्रतिनिधिसँग बृहत छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम गरिएको शिक्षा शाखा प्रमुख कविराज राईले जानकारी दिए ।

कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका विषयमा प्रअ तथा शिक्षकले आ–आफ्नो धारणा राखेका थिए । गाउँपालिका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्षिका राईले प्रअ तथा शिक्षकको सकरात्मक सुझाव र धारणालाई सम्बोधन गर्दै शैक्षिक गुणस्तर वृद्धिका लागि प्रतिवद्धता जनाएका छन् ।

