किरात राई खेलकुद संघ जिल्ला कार्य समितिद्धारा गरिएको पत्रकार सम्मेलन ।
खोटाङ, ७ असार । किरात राई खेलकुद संघ केन्द्रीय समितिको तेश्रो राष्ट्रिय सम्मेलन खोटाङमा हुने भएको छ । किरात राई खेलकुद संघ खोटाङको संयोजन र व्यवस्थापनमा आगामी असार २१ र २२ गते दिक्तेलमा संघको तेश्रो राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
किरात राई खेलकुद संघ जिल्ला कार्य समितिले सोमबार पत्रकार सम्मेलन गर्दै संघको केन्द्रीय समितिको राष्ट्रिय सम्मेलन ऐतिहासिक किरात थाँतथलो (हेत्छाकुप्पा÷रैछाकुले) भूमी खोटाङमा आयोजना गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
नेपालमा सम्पन्न १३ औं सागमा पदक जित्ने २९ किराती खेलाडीलाई राष्ट्रिय सम्मेलनको अवशरमा नगद सहित सम्मान गर्ने तयारी गरिएको किरात राई खेलकुद संघका केन्द्रीय सदस्य सञ्जयकुमार राईले बताए ।
किरात राई खेलकुद संघ जिल्ला कार्य समिति अध्यक्ष सुमन राईको सभापतित्वमा होटल इन्द्रेणीमा भएको पत्रकार सम्मेलनमा किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राई, नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष फुर्वा शेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्री, किरात राई खेलकुद संघका केन्द्रीय सदस्य राई लगायतको उपस्थिति रहेको थियो ।