• ट्रेण्डिङ:

साकेलाको बजेट ३४ करोड ५६ लाख 

साकेलाको बजेट ३४ करोड ५६ लाख 

रोदिक खबर

१०, आषाढ २०७९
  • 3.6K
    SHARES
  • साकेलाको बजेट ३४ करोड ५६ लाख 

    खोटाङ, १० असार । खोटाङको साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । शुक्रबार सम्पन्न १२ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष बिर्षिका राईले आर्थिक वर्ष २०७९÷०८० का लागि चालुतर्फ ६ करोड ५७ लाख ४९ हजार ७३० र पूँजीगततर्फ पालिका स्तरिय योजना तथा कार्यक्रमका लागि ८ करोड ३९ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएकी छन् । 


    वडागत सिलिङतर्फ एकमुष्ठ १ करोड १५ लाख बिनियोजन गरिएको छ । यस्तै, सशर्ततर्फ १८ करोड ६ लाख ७९ हजार बिनियोजन गरिएको बजेट बक्तव्यमा उल्लेख छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई लगायतको उपस्थिति रहेको थियो । 

    गाउँपालिकाले बसाइसराई दरलाई कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, विजुली आदिको उचित प्रवन्ध गर्ने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफुलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्वन गर्ने लगायतका नीति ल्याएको छ । 

    प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - २३:३४:५९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको