• ट्रेण्डिङ:

केपिलासगढी गाउँपालिकाले ल्यायो  ३६ करोड ८२ लाखको ख बजेट

केपिलासगढी गाउँपालिकाले ल्यायो  ३६ करोड ८२ लाखको ख बजेट

रोदिक खबर

१०, आषाढ २०७९
  • 3.5K
    SHARES
  • केपिलासगढी गाउँपालिकाले ल्यायो  ३६ करोड ८२ लाखको ख बजेट

    खोटाङ, १० असार । खोटाङको केपिलासगढी गाउँपालिकाले ३६ करोड ८२ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको बजेट ल्याएको छ । शुक्रबार सम्पन्न ११ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष गुरुराज राईले आर्थिक वर्ष २०७९र०८० का लागि बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

    गाउँपालिकाले आर्थिक बिकासतर्फ ८५ लाख ८० हजार, सामाजिक विकासतर्फ ४ करोड २३ लाख ८८ हजार ५५०, पूर्वाधार विकासमा ४ करोड ७७ लाख २५ हजार, वन, वातावरण तथा विपद व्यवस्थापनतर्फ ४१ लाख ५० हजार र सुशासन तथा संस्थागत क्षमता विकासका लागि ७७ लाख ८९ हजार बिनियोजन गरेको छ ।

    गाउँपालिकाको प्रशासनिक खर्चतर्फ ६ करोड ८८ लाख ६९ हजार ९५० रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष समिर राईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

    प्रकाशित मिति :आषाढ १०, २०७९ शुक्रवार - २३:४९:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको