• ट्रेण्डिङ:

एयर एम्बूलेन्स सेवा सञ्चालन गर्ने साकेलाको तयारी

एयर एम्बूलेन्स सेवा सञ्चालन गर्ने साकेलाको तयारी

रोदिक खबर

११, आषाढ २०७९
  • 6.0K
    SHARES
  • एयर एम्बूलेन्स सेवा सञ्चालन गर्ने साकेलाको तयारी

    खोटाङ, ११ असार । खोटाङको साकेला गाउँपालिकाले गम्भीर प्रकृतिका विरामीलाई तत्काल अस्पतालमा पु¥याउने व्यवस्थाका लागि एयर एम्बूलेन्स सेवा सञ्चालन गर्ने भएको छ । शुक्रबार सम्पन्न १२ औं गाउँसभामा गाउँपालिका अध्यक्ष रविप्रकाश राईले आर्थिक वर्ष २०७९/०८० देखि आकस्मिक दुर्घटना, सुत्केरी व्याथा तथा अन्य गम्भीर प्रकृतिका विरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा पुर्‍याएर बचाउनका लागि एयर एम्बूलेन्स सेवा सञ्चालन गर्ने नीति तथा कार्यक्रम पेश गरेका छन् । 

    एयर एम्बूलेन्स सेवा सञ्चालनका लागि छुट्टै आकस्मिक एयर एम्बूलेन्स कोष स्थापना गर्ने र सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने गाउँपालिका अध्यक्ष राईले बताए ।

    ‘आकस्मिक दुर्घटना, सुत्केरी व्याथा तथा अन्य गम्भीर प्रकृतिका विरामीका कारण तुरुन्त उपचार नपाएमा ज्यान जान सक्ने अवस्थामा रहेका पालिकाभित्रका नागरिकलाई सुविधा सम्पन्न अस्पतालमा पु¥याएर उपचार गर्न आकस्मिक एयर एम्बूलेन्स सेवा सञ्चालनमा ल्याइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसका लागि छुट्टै आकस्मिक एयर एम्बूलेन्स कोष स्थापना गरिने छ । सेवा प्रवाहका लागि मापदण्ड तयार गरिने छ ।’ 

    गाउँपालिकाले खिदिमाको तावा भञ्ज्याङ आसपासमा साँस्कृतिक भिलेजको स्थापना तथा सञ्चालन गर्ने, बसाइसराई दर कम गर्नका लागि शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, विजुली आदिको उचित प्रवन्ध गर्ने, खाने तेलमा आत्मनिर्भर बनाउनका लागि तोरी, फिलुंगे तथा रायोको उत्पादनमा विशेष जोड दिने, रैथाने जातका पशुपन्छी, कृषि लगायत फलफुलको खोज गरी संरक्षण तथा विकास गर्ने, एक गाउँ एक टोल एक कृषि उत्पादन नीति अवलम्वन गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याएको छ । 

    प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - १८:०३:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको