• ट्रेण्डिङ:

बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प

बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प

रोदिक खबर

१४, आषाढ २०७९
  • 5.8K
    SHARES
  • बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प

    वर्षाका कारण धाप्लाङ–बराहपोखरी सडकमा खसेको पहिरो ।
    खोटाङ १३ असार । भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएका छन् । गत १० असार राती परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा धाप्लाङ–गाउँपालिकाको कार्यालय–बराहपोखरी, बंशिलाघाट–मौवाबोटे, कम्पुघाट–गाउँपालिकाको कार्यालय, पौवासेरा–गाउँपालिकाको कार्यालय लगायतका सडक अवरुद्ध भएका हुन् ।

    कच्ची सडक अवरुद्ध हुँदा मालबाहक तथा यात्रु बाहक सवारी साधन चल्न नसकेको बराहपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले बताए । धाप्लाङ–बराहपोखरी र बंशिलाघाट–मौवाबोटे सडक गाउँपालिका र उदयपुर जोड्ने सडक हो । सवारी साधन नचल्दा स्थानीय पैदल कष्टकर यात्रा गर्न बाध्य छन् । 

    भारी वर्षाका कारण कतिपय सडक खण्डमाथिबाट पहिरो खसेको छ । सडकको नाली र तारजाली सहितको पर्खाल पहिरोले पुरिनुका साथै बाढीले बगाएको छ । सडकमा ठूला–ठूला ढुंगा खसेका छन् प्रमुख प्रशासकीय अधिकृत बनले भने पालिका एक्लैबाट यसको पुनःनिर्माण सम्भव छैन, करोडौको क्षति भएको छ ।  

    अवरुद्ध सडकमा बाइक सञ्चालन गर्न मिल्ने गरी बाटो मर्मत थालिएको छ । सडक खुलाउनका लागि गाउँपालिकाकै जेसिभि प्रयोग गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘ठूला ठूला ढुंगा पल्टिएर सडकमा थुप्रिएको गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईले बताए ।

    गाडी चल्ने अवस्था छैन,’ उपाध्यक्ष राईले भने, ‘हाललाई बाइक कुदाउन मिल्नेगरी बाटो बनाउने काम भइरहेको छ । जेसिभी पनि पठाउने तयारी गरिरहेका छौँ । तर ठूलो ठूलो ढुंगा जेसिभीले पन्छाउन सक्ने अवस्था छैन ।’

    प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - १५:३३:०१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको