शुक्रवार, भाद्र २६ गते २०८३

धार्मिक मठमन्दिरको प्रवर्धनका लागि खोटाङमा ‘सप्ताह ज्ञान महायज्ञ’ को आयोजना गरिने

धार्मिक मठमन्दिरको प्रवर्धनका लागि खोटाङमा ‘सप्ताह ज्ञान महायज्ञ’ को आयोजना गरिने

रोदिक खबर

१९, आषाढ २०७९
  • 2.9K
    SHARES
  • धार्मिक मठमन्दिरको प्रवर्धनका लागि खोटाङमा ‘सप्ताह ज्ञान महायज्ञ’ को आयोजना गरिने

    खोटाङ । खोटाङमा धार्मिक मठमन्दिरको प्रवर्धनका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ । आगामी असार २३ गतेदेखि ३१ गते सम्म सप्ताह महायज्ञको आयोजना गरिएको हो । दिक्तेल रुपकोट मझुवागढी नगरपालिकास्थित बुद्धेश्वर गुफामा भौतिक पूर्वाधार निर्माण र माटिकोरेमा नागेश्वर महादेव मन्दिर स्थापनाको लागि महायज्ञको आयोजना गरिने भएको हो ।

    महायज्ञको संयोजक देशव्यापी धार्मिक अनुष्ठान महाअभियान १०८ भावगत संकल्प र आयोजकमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सम्पूर्ण भक्तजनहरु रहेका छन् । शनिबार नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरेर त्रिशक्ति सिद्धबाबा आध्यात्मिक केन्द्र काठमाडौंले देशव्यापी आयोजना गरेको धार्मिक अनुष्ठान महाअभियान १०८ भागवत संकल्पमध्ये खोटाङ जिल्लामा ३६ औं भागवत सप्ताह महायज्ञ राखिएको आयोजकले जनाएको छ ।

    महायज्ञमा प्रख्यात कथावाचन पण्डित कपिलदेव भट्ट र उपवाचक पण्डित डेगनाथ ढकाल ज्यूको मुखारविन्दबाट हुने आयोजकको भनाई छ । सप्ताह महायज्ञमा सार्वजनिक संगीतमयमा सम्पूर्ण दिवंगत आत्माहरुको बैकुण्ठको बास होस् भन्दै पितृ उद्धार गर्ने उद्धेश्यले कथा वाचन, पाठपारायण, तथा राष्ट्रिय स्तरका कलाकारहरुबाट भजन कीर्तन, संगीतमय देवलिला, झाँकीसहितको कार्यक्रम आयोजना हुने महायज्ञका संयोजक श्यामसुन्दर आचार्यले जानकारी दिए ।

    असार २३ गते वृहत कलश यात्रा गरेर कार्यक्रमको  उद्घाटन गरिने र कलश यात्राको दिन भक्तजनले कलश आफ्नै घरबाट ल्याउनु पर्ने आचार्यको भनाई छ । बुद्धेश्वर गुफालाई आकर्षक र व्यवस्थित गर्न गुफाको प्रवेशद्धार र १०८ वटा शिवलिङ्ग निर्माण गर्ने, गुफामा विजुली वत्तीको व्यवस्थापन गर्ने, माटिकोरेस्थित चैर नागथानमा नागेश्वर महादेवको भव्य मन्दिर निर्माण गर्ने उदेश्यले महायज्ञको आयोजना गरिएको आचार्यको भनाई छ। 

    ‘हामीले आयोजना गरेको महायज्ञबाट उठेको रकम प्रत्येक दिन सार्वजनिक गछौं, महायज्ञको अवधिभर उठेको सबै रकम पूनः पत्रकार सम्मेलन गरेर एकमुष्ठ रकम बुद्धेश्वर गुफा र माटिकोरेको मन्दिर निर्माणका लागि दिएर जान्छौं’ आचार्यले भने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ दिक्तेलस्थित माटिकोरे खेलमैदानमा आयोजना गरिने जनाइएको छ ।

                                


     

     

     

    प्रकाशित मिति :आषाढ १९, २०७९ आइतवार - ११:४०:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको