किरात राई खेलकुद संघको केन्द्रीय समितिको अध्यक्षमा सञ्जय राई  चयन

किरात राई खेलकुद संघको केन्द्रीय समितिको अध्यक्षमा सञ्जय राई  चयन

रोदिक खबर

२३, आषाढ २०७९
  • 3.8K
    SHARES
  • किरात राई खेलकुद संघको केन्द्रीय समितिको अध्यक्षमा सञ्जय राई  चयन

    खोटाङ, २२ असार । किरात राई खेलकुद संघ केन्द्रीय कार्य समितिको अध्यक्षमा सञ्जयकुमार राई चयन भएका छन् । खोटाङको दिक्तेलमा बुधबार सम्पन्न तेश्रो राष्ट्रिय अधिबेसनबाट राई अध्यक्षमा सर्वसहमत चयन भएका हुन् । 

    १९ सदस्यीय संघको उपाध्यक्षमा रमा राई, नइन्द्र राई, सुर्यकुमारी सुनुवार राई, महासचिवमा मोतीचन्द्र राई, सचिवमा प्रविण कुलुङ राई र कोषाध्यक्षमा सुमन राई चयन भएका छन् । देउधन राई, कुमारी राई, सार्जन राई, निर्मला राई, बिक्रम राई, देबु राई, चन्द्रकुमार राई, डेनिका राई, भुवन राई, मेघराज राई, सुजता राई र नारदमणी राई संघको सदस्यमा चयन भएका छन् ।

    अधिबेशनले किरात समुदायका खेलाडीको हकहित, कल्याण र रोजगारीको उचित व्यवस्थाको लागि तीनै तहको सरकारले निशर्त सेवा सुविधा उपलब्ध गराउनुपर्ने, इतिहास, भुगोल, सभ्यता, संस्कृति र पहिचानको आधारमा प्रदेश १ को नामाकरण किरात प्रदेश राख्नुपर्ने, किरात राई समुदायको उद्गम स्थल तुवाचुङ जायजुमको उचित संरक्षणको पहल गर्नुपर्ने, किरात समुदायको ऐतिहासिक स्थल खुवालुङमाथि भइरहेको सरकारी अतिक्रमण रोक्नुपर्ने, किरात समुदायको मातृभाषामा पठन–पाठनको व्यवस्था गर्नुपर्ने लगायतका १० बुँदे दिक्तेल घोषणा–पत्र जारी गरेको छ ।

    घोषणा–पत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको क्षेत्रमा किरात राईको सहभागिता वृद्धि गर्नुपर्ने, स्थानीय, प्रदेश तथा संघीय सरकारबाट किरातकालिन ऐतिहासिक गढी, थुम तथा गौंडाहरुको संरक्षण गर्नुपर्ने, किरात समुदायसँग जोडिएका एतिहासिक, धार्मिक तथा सांस्कृतिक मान्यतालाई बचाइ राख्न मौलिक संस्कार र संस्कृति संरक्षणलाई राज्यले आफ्नो दायित्व ठान्नुपर्ने, किराती पुर्खा रैछाकुलेकालीन हातहतियार धनुकाँडको प्रयोग हुने खेल तथा अन्य किसिमका रैथाने खेलकुदको प्रर्वद्धन गर्नुपर्ने, राष्ट्रिय जनगणनामा किरात राई समुदायको सहि थरहरु उल्लेख नभएको तथा कतिपय जातीय समुदायको नाम विगारिएकोमा तत्काल सच्याइनुपर्ने उल्लेख छ । किरात राई खेलकुद संघको राष्ट्रिय अधिबेसन प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मंगलबार उद्घाटन गरेका थिए ।

    प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - ००:११:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको