शुक्रवार, भाद्र २६ गते २०८३

अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

रोदिक खबर

२४, आषाढ २०७९
  • 2.4K
    SHARES
  • अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा

    खोटाङ । खोटाङमा अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा लिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ स्थित सुनकोशी नदिबाट रातको समयमा नदिजन्य बालुवा अवैधरुपमा उत्खनन् गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

    अवैधरुपमा बालुवा ओसारपसार गरिरहेको भन्ने सूचनाका आधारमा धितुङ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान राती २ बजेको समयमा ट्याक्टर नियन्त्रणमा लिएको हो । सुनकोशी भाडवेँसीबाट धितुङ तर्फ आउदै गरेको लु ४ त ६९७४ नम्वरको बालुवासहितको ट्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि हलेसी तुवाचुङ नगरपालिकालाई बुझाईएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । 

    नगरपालिकाले एक हजार पाँच सय जरिवाना गरेर छाडिएको उपप्रमुख रमेशकुमार राउतले जानकारी दिए । आगामी दिनमा पुनः सोही गल्ती गरेमा थप कारवाही गरिने उपप्रमुख राउतले बताए ।  

     

    प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १५:२५:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको