जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

रोदिक खबर

२४, आषाढ २०७९
  • 4.1K
    SHARES
  • जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

    जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला ६७ वर्षका आबेमाथि गोली प्रहार भएको थियो ।

    गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो ।  गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका छन् । यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो ।  आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए ।

    प्रकाशित मिति :आषाढ २४, २०७९ शुक्रवार - १५:३१:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको