१३ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम 

१३ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम 

रोदिक खबर

१, श्रावण २०७९
  • 3.5K
    SHARES
  • १३ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम 

    खोटाङ। खोटाङको दिक्तेलमा आयोजित १३ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम भएका छन् । नेपाल सितोरियो कराते संघको आयोजनामा शनिबार आयोजना गरिएको प्रतियोगीतामा १३ स्वर्ण, १० रजत र १३ कास्य सहित दिक्तेल डोजोले प्रथम स्थान प्राप्त गरेको हो ।

    जिल्ला खेलकुद विकास समितिको कबर्ड हलमा सञ्चालित प्रतियोगीतामा ६ स्वर्ण, ८ रजत र १५ कास्य सहित हलेसी डोजो दोश्रो भएका छन् । यस्तै, ३ स्वर्ण, ३ रतज र १६ कास्य सहित जालपा डोजोले तेश्रो स्थान प्राप्त गरेको आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए ।

    कुल ८४ पदकका लागि भएको २२ इभेन्टको प्रतियोगीताका वितेजा टिमलाई मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ । समापन कार्यक्रमको प्रमुख अतिथिका रुपमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बिजेता टिमलाई मेडल र प्रमाण–पत्र हस्तान्तरण गरेकी छन् ।

    प्रतिष्पर्धामा पुरुषतर्फ हलेसी डोजोका युनिस राई र महिलातर्फ दिक्तेल डोजोकी परिना राईले बेष्ट फाइटरको उपाधि जितेका छन् । अनुशासित टिमको उपाधि हलेसी डोजोले हात पारेका छन् । वर्ष अनुशासित खेलाडी २०७८ को उपाधि भने दिक्तेल डोजोकी श्रेया राईले पाएकी छन् । उनीहरुलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ । 

    प्रतियोगीतामा अन्तर्राष्ट्रिय खेलाडी बिचारी तामाङ संयोजकत्वको टिमले निर्णायकको भूमीका निर्वाह गरेका थिए । प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले उद्घाटन गरेका थिए । कार्यक्रम नेपाल सितोरियो कराते संघका सदस्य एवं प्रतियोगीताका संयोजक अर्जुन श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।

    कोभिड–१९ को महामारीका कारण एक वर्ष रोकिएको जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता यसपल्ट आयोजना गरिएको हो । २०७७ चैतमा १३ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता आयोजना गरिएको थियो ।

    प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०८:२४:२४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको