ग्लोबल आइएमई बैंकले दियो क्याम्पसलाई पाँच थान कम्प्यूटर 

ग्लोबल आइएमई बैंकले दियो क्याम्पसलाई पाँच थान कम्प्यूटर 

रोदिक खबर

१५, श्रावण २०७९
  • 4.4K
    SHARES
  • ग्लोबल आइएमई बैंकले दियो क्याम्पसलाई पाँच थान कम्प्यूटर 

    खोटाङ । ग्लोबल आइएमई बैंक शाखा कार्यालय खोटाङले दिक्तेल बहुमुखी क्याम्पसलाई कम्प्यूटर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले आइतबार क्याम्पसलाई पाँच थान कम्प्यूटर प्रदान गरेको हो । 

    बैंकका शाखा प्रवन्धक प्रकाश रेग्मीले क्याम्पस प्रमुख हिराकुमार राईलाई कम्प्यूटर प्रदान गरेको बैंकका कर्जा सहायक युवराज खत्रीले जानकारी दिए । ग्लोबल आइएमई बैंकले २०७६ साल साउन २२ गतेदेखि दिक्तेलमा कारोबार सुरु गरेको हो । बैंकले जिल्लाका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरिसकेको छ । 

    प्रकाशित मिति :श्रावण १५, २०७९ आइतवार - २०:०६:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको