शुक्रवार, भाद्र २६ गते २०८३

सेयर बजारमा उच्च गिरावट, ३८.६१ अंकले घट्यो सेयर बजार

सेयर बजारमा उच्च गिरावट, ३८.६१ अंकले घट्यो सेयर बजार

रोदिक खबर

१९, श्रावण २०७९
  • 2.2K
    SHARES
  • सेयर बजारमा उच्च गिरावट, ३८.६१ अंकले घट्यो सेयर बजार

    काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा बिहीबार दोहोरो अंकको गिरावट आएको छ । ३८.६१ अंकले घटेको बजार २१४८.१६ बिन्दुमा झरेर रोकिएको हो । बिहीबार कुल २१५ कम्पनीको ५६ हजार ८१९ वटा कारोबारबाट ८५ लाख ६९ हजार ५ कित्ता बराबरको कारोबार भएको छ ।

    यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै व्यापार, होटल तथा पर्यटन र वित्त उपसमूहका लगानीकर्ताले गुमाए । बिहीबार वलेफी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढ्यो ।

    सामलिङ पावर, रिभर फल्स, विन्ध्यवासिनी, घलेम्दी हाइड्रोलगायतको मूल्य बढेको छ । यस दिन युनाइटेड आईडीआई मार्दीको मूल्य सबैभन्दा धेरै ९.५२ प्रतिशतले घट्यो ।

    प्रकाशित मिति :श्रावण १९, २०७९ बिहिवार - १६:०३:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको