बिहिवार, कार्तिक १३ गते २०८३

छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान, पत्रकारले उठाए प्रश्न  

छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान, पत्रकारले उठाए प्रश्न  

रोदिक खबर

१, भाद्र २०७९
  • 3.4K
    SHARES
  • छिनछिनमा विद्युत अवरुद्ध हुँदा उपभोक्ता हैरान, पत्रकारले उठाए प्रश्न  

    खोटाङ । विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकै दिन दर्जनौं पटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् । झ्याप्प आउने र झ्याप्प जाने विद्युतले विद्युतीय उपकरणमा क्षती पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौं पटक विद्युत जाने र आउने समस्याका विषयमा पत्रकारले चासो दिएका छन् । 
    मंगलबार नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीलाई भेट गरी पत्रकारको टोलीले विद्युत नियमित गराउन ध्यानकर्षण गराएका छन् । पत्रकार महासंघ शाखा अध्यक्ष दिलीप खत्री नेतृत्वको पत्रकारको टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुनुको कारण माग गरेका थिए । पत्रकारको टोलीले विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै चुस्तदुरुस्त सेवा उपलव्ध गराउन रेग्मीको ध्यानाकर्षण गराएका छन् । पटक–पटक विद्युत अवरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको पत्रकारहरुले बताएका छन् । 
    जिल्लामा छिनछिनमा बत्ती आउने र जाने समस्या देखिएको छ । हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउनेक्रममा पटक–पटक लाइन काट्नु परेको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रेग्मीले बताए । 

    प्रकाशित मिति :भाद्र १, २०७९ बुधवार - ००:३५:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको