• ट्रेण्डिङ:

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एस) बाट राजन राई सिफारिस

प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एस) बाट राजन राई सिफारिस

रोदिक खबर

१२, भाद्र २०७९
  • 2.7K
    SHARES
  • प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एस) बाट राजन राई सिफारिस

    खोटाङ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले राजन राईलाई उम्मेदवारका रुपमा अघि सार्ने निर्णय गरेको छ ।

    जिल्ला कमिटिको बैठकले आगामी ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि प्रदेश १ का सामाजिक विकास मन्त्री एबं पोलिटव्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

    प्रतिनिधिसभा समानुपातिकमा जलसेर राई र संगीता राईको नाम सिफारिस गरिएको युवा संघका जिल्ला अध्यक्ष पवन श्रेष्ठले जानकारी दिए ।

    यस्तै, प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ बीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुईपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ ।

    प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)ले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १२, २०७९ आइतवार - १९:३७:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको