शुक्रवार, भाद्र २६ गते २०८३

निमोनियाले सिकिस्त बालकलाई आर्थिक सहयोग

निमोनियाले सिकिस्त बालकलाई आर्थिक सहयोग

रोदिक खबर

२९, भाद्र २०७९
  • 3.3K
    SHARES
  • निमोनियाले सिकिस्त बालकलाई आर्थिक सहयोग

     खोटाङ । निमोनियाले सिकिस्त बिरामी भएपछि अस्पताल पुर्‍याइएका बालकलाई आर्थिक सहयोग जुटेको छ । निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तीबाल अस्पताल पुर्‍याइएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई ६२ हजार ३ सय रुपैयाँ सहयोग जुटेको हो ।

    पत्रकार कृष्णकला राईको पहलमा ६ दाताबाट २२ हजार ३ सय सहयोग जुटेको हो । संकलित रकम किशोर राईको नाममा आइएमई गरेर पठाइएको पत्रकार राईले बताईन् ।

    यस्तै, प्रतिनिधिसभा सांसद हिरा गुरुङले १ हजार, कांग्रेस केन्द्रीय सदस्य सरस्वती बजीमयले ३ हजार, साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले १ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले १० हजार, कांग्रेस नेता धर्मराज पोखरेलले ४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका निवर्तमान गाउँपालिका उपाध्यक्ष सपना राईले ३ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले १० हजार लगायत गरी ४० हजार सहयोग जुटेको छ ।

    bb.jpgदलका नेता, जनप्रतिनिधि एबं समाजसेबीले सोमबार अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दै आएका रोजन राई र मनिला राईको दोश्रो सन्तान रेवनलाई आइतबार राती कान्तीबाल अस्पताल लगिएको थियो ।

    श्वास फेर्न गार्‍हो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रेफर गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राती ११.१५ बजे काठ्माण्डौं पठाइएको हो ।

    पत्रकारद्धय कृष्णकला राई र सञ्जिव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फण्डबाट एम्बूलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको थियो ।

    नेकपा एमाले खोटाङ–काठ्माडौं सम्पर्क मञ्चका उपाध्यक्ष कुमारबाबु बस्नेत (टिवी) ले बालकको उपचार व्यवस्थापनमा सहयोग गरिरहेका छन् । पत्रकारद्धयले वालकको उपचारमा समस्या भएको समाचार सामाजिक सञ्जाल र अनलाइनको पेजमार्फत उजागर गरेका थिए ।

    प्रकाशित मिति :भाद्र २९, २०७९ बुधवार - ०४:३९:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको