• ट्रेण्डिङ:

दुर्घटनामा परेका पत्रकारलाई बीमा बापतको रकम हस्तान्तरण 

दुर्घटनामा परेका पत्रकारलाई बीमा बापतको रकम हस्तान्तरण 

रोदिक खबर

३१, भाद्र २०७९
  • 2.4K
    SHARES
  • दुर्घटनामा परेका पत्रकारलाई बीमा बापतको रकम हस्तान्तरण 

    नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका पत्रकारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ। सञ्चारकर्मी तथा प्रेस चौtfरी नेपाल दुहबीका नगर संयोजक मित्र क्षेत्रीलाई युनियनले बीमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो।

    दुर्घटना पीडित पत्रकार क्षेत्रीको घरमै पुगेर नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, प्रेस चौतारी नेपाल प्रदेश १ का उपाध्यक्ष सुमन पुरी, प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल,पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला महासंघ एवम् युनियन सुनसरीका कार्यसमितिको उपस्थितिमा शुक्रबार बीमा बापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

    युनियन सुनसरीका अध्यक्ष अधिकारीका अनुसार अजोड इन्स्योरेन्समा जिल्लाका २७५ जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको थियो । बिमित पत्रकार क्षेत्री गत साउन दोस्रो साता दुर्घटनामा परेका थिए ।

    अधिकारीका अनुसार यसअघि साउन दोस्रो साता नै दुर्घटनामा परेका पत्रकार मनोज दाहाललाई गत भदौ ११ गते नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा एक लाख रुपैयाँ हस्तान्तरण गरेको थियो ।

    ‘हामीले गत ११ गते मात्रै दुर्घटनामा परेका अर्का पत्रकारलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका थियौँ,’ अधिकारीले भने, ‘प्रेस युनियनले सबै संगठनमा आस्था राख्ने पत्रकारहरूलाई समस्यामा सहयोग गर्दै आएको छ ।’ उनले जुनसुकै संगठनमा रहेपनि पत्रकार एउटै भएकाले उनीहरूको समस्यामा आफूहरूले मल्हमपट्टी लगाउने काम गरिरहेको बताए । उनले भने, ‘संगठनको नेतृत्व गर्नु भनेको अतिथि आसन ग्रहण गर्न मात्रै होइन, पत्रकारको समस्यामा काम गर्नका लागि हामी जुनसुकै बेला तत्पर छौँ ।’

    एक लाख रुपैयाँको चेक बुझ्दै पत्रकार क्षेत्रीले आफू दुर्घटनामा पर्दा युनियन सुनसरीले ठूलो सहयोग गरेको स्मरण गरे । ‘दुर्घटनामा परेको समयदेखि नै प्रेस युनियनले ठूलो सहयोग गरेको छ,’ उनले भने, ‘हस्पिटलमा आवश्यक परेको समयमा होस् वा अन्य समयमा नै, यो मेरो लागि ठूलो सहयोग हो ।’

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य खड्काले प्रेस युनियन सुनसरीले गरेको उक्त कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरे । उनले भने, ‘समस्या परेको बेला संगठन चाहिन्छ भन्ने उदाहरण युनियन सुनसरीले देखाएको छ, यो सराहनीय छ ।’ उनले पत्रकार महासंघबाट पनि दुर्घटनामा परेका पत्रकारहरूका लागि थोरै भएपनि राहत उपलब्ध गराउँदै आएको समेत बताए ।

    प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - २०:४३:४७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको