• ट्रेण्डिङ:

वार्षिक स्वास्थ्य कार्य प्रगतीमा हलेसी पहिलो

वार्षिक स्वास्थ्य कार्य प्रगतीमा हलेसी पहिलो

रोदिक खबर

३१, भाद्र २०७९
  • 3.1K
    SHARES
  • वार्षिक स्वास्थ्य कार्य प्रगतीमा हलेसी पहिलो

    खोटाङ । आर्थिक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको आधारमा हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको छ । वर्ष भरीमा पालिकामा सञ्चालित तथा सम्पादित स्वास्थ्य कार्यक्रमको आधारमा जिल्लाका दश पालिका मध्ये हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।

    अघिल्लो आर्थिक वर्षमा पनि हलेसी तुवाचुङ पहिलो बनेको थियो । जिल्लाको अर्को नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी वर्षभरी जिल्ला एवं पालिकामा सञ्चालित स्वास्थ्य सम्बन्धि कार्यक्रमको वार्षिक समिक्षा गर्दै स्वास्थ्य कार्यालयले शुक्रबार कार्यक्रमको आयोजना गरेर पहिलो, दोस्रो र तेस्रो हुने पालिकाहरुलाई भित्ते घडी र प्रमाणपत्रले सम्मान गरेको कार्यालयका कार्यक्रम अधिकृत जीवन चौलागाईले जानकारी दिए ।

    khem.jpg

    यस्तै, स्वास्थ्यकर्मी मध्ये वर्षभरी उत्कृट कार्य गर्ने तत्कालिन हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यलाई स्वास्थ्य कार्यालयले सम्मान गरेको छ ।

     

    प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - २१:३५:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको