शुक्रवार, भाद्र २६ गते २०८३

निर्वाचन आयोगले प्रकाशन गर्‍यो अन्तिम मतदाता नामावली

निर्वाचन आयोगले प्रकाशन गर्‍यो अन्तिम मतदाता नामावली

रोदिक खबर

३१, भाद्र २०७९
  • 2.8K
    SHARES
  • निर्वाचन आयोगले प्रकाशन गर्‍यो अन्तिम मतदाता नामावली

    निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले शुक्रवार अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अन्तिम नामावली प्रकाशन गरेको हो ।  आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । 

    यो सख्या साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गराएकाको हो । आयोगका अनुसार कुल संख्यामध्ये ८८,४७,५७९ महिला, ९१,४०,८०६ पुरुष र १८५ जना अन्य रहेका छन् । यस्तै १०,८९१ मतदान स्थल र २२,२२६ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।​

    प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - २१:४१:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको