• ट्रेण्डिङ:

पत्रकार आचार्यलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिने

पत्रकार आचार्यलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिने

रोदिक खबर

३१, भाद्र २०७९
  • 4.8K
    SHARES
  • पत्रकार आचार्यलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिने

    खोटाङ । खोटाङका पत्रकार हरिबोल आचार्यले प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार पाउने भएका छन् । प्रेस काउन्सिल नेपालको ५३ औं वार्षिकोत्सवको अवसरमा आचार्यसहित १४ जना पत्रकारलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।

    प्रेस काउन्सिल नेपालले शुक्रबार साँझ जारी गरेको सूचनामा आगामी असोज ६ गते वार्षिकोत्सवको अवशरमा पुरस्कार प्रदान गरिने उल्लेख छ । आचार्य हलेसी न्युज नेटवर्कका सञ्चालक हुन् । हलेसी न्युज नेटवर्कमार्फत खोटाङमा हलेसी साप्ताहिक र हलेसीखबर डटकम अनलाइन सञ्चालमा छन् ।

    यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार हरिबहादुर थापालाई प्रदान गर्ने घोषणा गरिएको छ । प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार माधव बिद्रोही, प्रेस काउन्सिल आचार संहिता पुरस्कार अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिने काउन्सिलले जनाएको छ ।

    यस्तै, प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार सुरेन्द्र काफ्ले, दिलबहादुर छन्त्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारी, प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कार टेकराज थामीलाई प्रदान गरिने सूचनामा उल्लेख छ ।

    प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - २३:२६:२० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको