• ट्रेण्डिङ:

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या २८० पुग्यो

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या २८० पुग्यो

रोदिक खबर

२०, भाद्र २०७७
  • 2.0K
    SHARES
  • कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या २८० पुग्यो

    काठमाडौं । कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९ जनाको मृत्यु भएको जानकारी दिए । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संखया २८० पुगेको छ। 

    यस्तै देशभर शनिबार १०४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ३४९  र पुरुष ६९२ जना रहेका छन् । यससँगै देशमा हालसम्म कुल  संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ५६६ जना रहेको छ भने कुल निको हुनेको संख्या २७ हजार १२७ पुगेको छ।  


    यसैबीच शनिबार काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  काठमाडौंमा ३२६, ललितपुरमा ३७ र  भक्तपुर ४५ गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो । 

    प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १६:४५:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको