खुला डवल व्याडमिन्टन प्रतियोगीतामा एलिस र सविनको टिम प्रथम

खुला डवल व्याडमिन्टन प्रतियोगीतामा एलिस र सविनको टिम प्रथम

रोदिक खबर

४, आश्विन २०७९
  • 3.2K
    SHARES
  • खुला डवल व्याडमिन्टन प्रतियोगीतामा एलिस र सविनको टिम प्रथम

     खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको खुला डवल व्याडमिन्टन प्रतियोगीतामा दोर्पा स्पोर्टस् क्लवका एलिस दंगाल र सविन श्रेष्ठले प्रथम स्थान प्राप्त गरेको छ । संविधान दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगीताको मंगलबार भएको फाइनल खेलमा दंगाल र श्रेष्ठको जोडीले प्रथम स्थान प्राप्त गरेको हो ।

    बाक्सिलामा आयोजना गरिएको दुई दिने प्रतियोगीतामा सोल्मा स्पोर्टस् क्लवका प्रकाश राई र पवन राईको जोडी दोश्रो तथा ऐसेलुखर्क गाउँपालिकाका कर्मचारी किसन अधिकारी र प्रविण मुग्रातीको जोडीले तेश्रो प्राप्त गरेका छन् ।

    प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद ५० हजार, दोश्रो स्थान प्राप्त गर्ने टिमले ३५ हजार र तेश्रो स्थान प्राप्त गर्ने टिमले २० हजारका साथमा शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

    यस्तै, उत्कृष्ट खेलाडीको पुरस्कार सुरेश तामाङ र उदीयमान खेलाडीको पुरस्कार ग्याल्जेन तामाङले पाएका छन् । उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र उदीयमान खेलाडीलाई ३ हजारका साथमा मेडल र प्रमाण–पत्र प्रदान गरिएको प्रतियोगीताका संयोजक एबं गाउँपालिकाका सूचना प्रविधि अधिकृत संगम खतिवडाले बताए ।

    विजेता टिमलाई गाँउँपालिका अध्यक्ष समिर राई, वडाध्यक्ष लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । संविधान दिवसको अवसरमा गाउँपालिकाले अफिस व्याडमिन्टन कभर्डहल उद्घाटनका साथमा खुला डवल व्याडमिन्टन प्रतियोगीतामा आयोजना गरेको हो । प्रतियोगीतामा २५ टिमको प्रतिष्पर्धा भएको थियो ।

    प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - २१:५६:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको