नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरमा थप १ हजार ५६६ जना कोरोना संक्रमित निको भएको बताए। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २७ हजार १२७ पुगेको छ।