शुक्रवार, भाद्र २६ गते २०८३

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन किरात

किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन किरात

रोदिक खबर

६, आश्विन २०७९
  • 5.2K
    SHARES
  • किरात राई यायोक्खा खोटाङको अध्यक्षमा युगसन किरात

    खोटाङ । किरात राई यायोक्खा खोटाङको अध्यक्षमा जमानशेर राई (युगसन) राई चयन भएका छन् । जिल्ला समन्वय समिति दिक्तेलको समिक्षालय हलमा बुधबार सम्पन्न ९ औं अधिवेशनले  राईलाई यायोक्खा खोटाङको अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    १८  सदस्यीय  रहेको कार्य समितिको उपाध्यक्षमा इन्द्र कुमार राई र रेखा राई, सचिवमा जीवन साम्पाङ राई, सह–सचिवमा समराज राई, इरन राई र प्रताप राई, कोषाध्यक्षमा संगिता राई, सह–कोषाध्यक्षमा डार्विन राई सर्वसम्मत चयन भएका छन् ।

    यस्तै, सदस्यहरुमा जयन्ती राई, सेतुमान राई, राज हरी राई, लंकशेर राई, नरेश कुमार राई, समिता राई, रामदिप राई, किसन कुमार राई र सौरभ राई चयन भएको किरात राई यायोख्खा खोटाङले जनाएको छ । 


    यस्तै, किरात राई यायोक्खा निकट किरात राई विद्यार्थी संघ खोटाङको अध्यक्षमा भूमीका राई चयन भएकी छन् । किरात राई विद्यार्थी संघको बुधबार सम्पन्न ७ औं जिल्ला अधिबेसनबाट भूमीका सर्वसम्मत अध्यक्ष चयन भएकी हुन् ।

    संघको उपाध्यक्षमा रिजन राई, सचिवमा विविचन राई, सह–सचिवमा जीवन राई र कोषाध्यक्षमा प्रतिक्षा राई चयन भएका छन् । युनिसा राई, कल्पना राई, सञ्जिव राई, निलम राई, ध्रुब राई र बशन्त राई सदस्य चयन भएका छन् ।

    प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - ०८:१९:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको