• ट्रेण्डिङ:

 विज्ञापन वोर्डका सदस्य अधिकारीलाई मिडिया आन्टरप्रिनियर अवार्ड

 विज्ञापन वोर्डका सदस्य अधिकारीलाई मिडिया आन्टरप्रिनियर अवार्ड

रोदिक खबर

१८, आश्विन २०७९
  • 1.6K
    SHARES
  •  विज्ञापन वोर्डका सदस्य अधिकारीलाई मिडिया आन्टरप्रिनियर अवार्ड

    खोटाङ। विज्ञापन वोर्डका सदस्य पवन अधिकारीले मिडिया आन्टरप्रिनियर अवार्डअफ द इयर अवार्ड प्राप्त गरेका छन्। देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ अन्तरगत अधिकारीले मिडिया आन्टरपृनियर अवार्डअफ द इयर अवार्ड प्राप्त गरेका हुन् ।

    सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर  दुबईमा कार्यक्रम गर्दै ३४ जनालाई ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२’ वितरण गरेको छ । त्यसमध्ये अधिकारीले मिडिया आन्टरपृनियर अवार्डअफ द इयर अवार्ड पाएका हुन् ।
    करीव दुई दशकदेखि मिडिया क्षेत्रमा लागेका अधिकारी अहिले मिडिया उद्यमी,  विज्ञापन वोर्डका सदस्य तथा  विज्ञापन संघ प्रदेश १ का अध्यक्ष लगायतको विभिन्न जिम्मेवारीमा रहेका छन् । 

    एसियन मुलका सामाजिक, राजनैतिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा सफल तथा क्रियाशिल व्यक्तिको मेहनतलाई थप प्रेरणा प्रदान गर्ने उद्देश्यले अवार्ड प्रदान गरिएको सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले बताए ।

    सन् २०१९ मा कोभिड–१९ को महामारीका कारण प्रोफेसनल एचिभमेन्ट अवार्डको दोस्रो संस्करण नेपालमै आयोजना गरिए पनि तेस्रो संस्करण दुबईमा नै गरिएको हो ।

    प्रकाशित मिति :आश्विन १८, २०७९ मंगलवार - २१:५४:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको