बास्पानीमा कातिक–४ गतेबाट खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने

बास्पानीमा कातिक–४ गतेबाट खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने

रोदिक खबर

२९, आश्विन २०७९
  • 2.6K
    SHARES
  • बास्पानीमा कातिक–४ गतेबाट खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने

    खोटाङ । केपिलासगढी गाउँपालिका–३ बास्पानीमा जिल्लास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्थानीय खकलुङ युनाइटेड क्लब बास्पानीको आयोजनामा कातिक–४ गतेबाट फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

    प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार, दोस्रो हुने समूहले २० हजार र सेमिफाइनलिस्ट दुई समूहलाई नगद रु दश/दश हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक खकलुङ युनाइटेड क्लब बास्पानीका अध्यक्ष प्रताप राईले बताए।

    प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिनफिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई मेडल र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा सहभागी हुने समूहका लागि तीन हजार ९९९ दर्ता शुल्क तोकिएको र प्रतियोगितामा १५ समूह सहभागी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

    चन्दा सङ्कलनबाट आयोजना गरिएको प्रतियोगिताका लागि अनुमानित दुई लाख ५० हजार बजेट लाग्ने अनुमान गरिएको आयोजकले शनिबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । खुला पुरुष फुटबल प्रतियोगिताको उद्घाटन १ नं. प्रदेश सरकारका सामाजिक विकासमन्त्री राजन राईले गर्नु हुने जनाइएको छ ।

    फटबल प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा गत वैशाख–३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित केपिलासगढी गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सम्मानसमेत गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

    तिहारको अवसर पारेर आयोजना गएिको फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा गायक पदम राई र राकेश किराँतीको साँगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । खेल क्षेत्रको विकासमा लागेको खकलुङ युनाइटेड क्लब बास्पानीले यसअघि पनि खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।

    प्रकाशित मिति :आश्विन २९, २०७९ शनिवार - २०:५०:३४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको